प्रधानमन्त्री कपको उपाधिका लागि आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य, विवेक यादवको अर्धशतक
काठमाडौं : छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विवेक यादवको अर्धशतकीय पारीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै १८१ रन बनायो।
उसका लागि विवेक यादवले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। सोमपाल यादवले ३९, इमरान शेख २८, कुशल मल्ल १७ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पुलिसका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिँदा सागर ढकाल, कुशल भुर्तेल र करण केसीले एक विकेट लिए।
पुलिसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
माघ २०, २०८० शनिबार १३:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।