यशस्वीको दोहोरो शतकसँगै दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले बनायो ३९६ रन
काठमाडौं : ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालको शानदार दोहोरो शतकको मद्दतमा भारतले विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा ३९६ रन बनाएको छ।
जैसवालले सर्वाधिक २०९ रन बनाए। यो उनको करियरको पहिलो दोहोरो शतक हो। २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै उनले २०० रन पूरा गरे।
तर, दोहोरो शतक प्रहार गरेलगत्तै उनी २९० बलमा २०९ रन बनाएर आउट भए।
छैटौं टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन्।
हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए। उनीसँगै रविचन्द्रन अश्विन खेलिरहेका थिए।
तर, उनी २० रन बनाएर आउट भए। आज कुलदीप यादवले ८ र बुमराहले ६ रनको योगदान दिए।
इंग्ल्यान्डका लागि एन्डरसन, शोएब बशीर र रेहान अहमदले ३–३ विकेट लिए।
माघ २०, २०८० शनिबार ११:३०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।