इरानसँग जोडिएका सिरिया र इराकका सात स्थानमा ३० मिनेटसम्म अमेरिकाको हवाई आक्रमण

इरानसँग जोडिएका सिरिया र इराकका सात स्थानमा ३० मिनेटसम्म अमेरिकाको हवाई आक्रमण

एजेन्सी : अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सात स्थानमा करिब ३० मिनेटसम्म हवाई आक्रमण गरेको छ।

यी आक्रमणहरू धेरै लामो दूरीको बी-वान सुपरसोनिक फाइटर विमानहरूबाट गरिएका हुन्।

अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर(आईआरजीसी)को कुड्स फोर्स तथा इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो।

३० मिनेटभित्रै अमेरिकी विमानहरूले सिरियाका चार र इराकका तीन गरी सातवटा स्थानमा आक्रमण गरे।

जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिकहरू मारिएका थिए।

अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर्याएको थियो। सोही आक्रमणको जवाफमा अमेरिकाले यी आक्रमण गरेको हो।

अमेरिकी सैनिक शिविरमा भएको हमलापछि राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यदि कसैले अमेरिकी नागरिकलाई हानि पुर्याउँछ भने उसलाई जवाफ दिइनेछ।’

माघ २०, २०८० शनिबार १०:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।