कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना, अन्यमा मौसम सफा

कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना, अन्यमा मौसम सफा

काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

माघ २०, २०८० शनिबार ०७:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।