आइसिसी यु–१९ विश्वकप : भारतविरुद्ध पुरै ओभर टिक्नु नेपालको उपलब्धि

आइसिसी यु–१९ विश्वकप : भारतविरुद्ध पुरै ओभर टिक्नु नेपालको उपलब्धि

काठमाडौँ : आइसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा नेपाल भारतसँग १ सय ३२ रनको अन्तरले पराजित भएको छ। नेपाल अंकविहिन भएर सुपर सिक्सबाट बाहिरिइसकेको छ। यो हारसँगै नेपाल सुपर सिक्समा अंकहिन भएको छ।

नेपाललाई ठुलो अन्तरले हराएसँगै भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको भारतले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएकोमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर नेपालले जम्मा १ सय ६५ रन मात्र बनायो। नेपालको उपलब्धि नै पुरै ओभर टिक्नु देखियो।

नेपालका दुर्गेश गुप्ताले २९ रन बनाए। आकाश चन्दले १८ रन बनाएका थिए। नेपालका कप्तान देव खनालले ३३ रन बनाए। अर्जुन कुमालले २६ रन बनाएका थिए। दीपक बोहरा, २२ रन र  उत्तम थापा मगरले ८ रन बनाए।

भारतका स्पिनर सौम्य पाण्डेले ४ विकेट लिए। आर्शिन कुलकर्णीले २ विकेट लिएका थिए। अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन्। नेपाल भने बाहिरिएको छ। 

माघ १९, २०८० शुक्रबार २२:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।