पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्ट ठहर, एक वर्ष कैद सजाय

पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्ट ठहर, एक वर्ष कैद सजाय

काठमाडौँ : प्याराग्लाइडिङ कम्पनीलाई अनुमति दिन मागेको घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विशेष अदालतबाट दोषी ठहर भएका छन्।

शुक्रवार अदालतले उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौँबाट ६ लाख सहित नेपाल र उनलाई घुस दिने हरिभक्त श्रेष्ठलाई पक्राउ गरेको थियो।अदालतले श्रेष्ठलाई भने सफाइ दिएको छ। अख्तियारले नेपालले चढेको गाडीमा थप साढे १६ लाख समेत बरामद गरेको थियो।

माघ १९, २०८० शुक्रबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।