खेल जित्न नेपाललाई भारतको दुई सय ९८ को चुनौती
काठमाडौँ : आइसिसी यु–१९ विश्वकपमा भारतले नेपाललाई २ सय ९८ रनको चुनौती दिएको। दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा भइरहेको खेलमा टस जितेर भारतले पहिला ब्याटिङ रोजेको थियो। भारतले निर्धारित ५० ओभर पुरै खेल्दा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो।
भारतका लागि सचिन दासले उत्कृष्ट खेल प्रदर्शन गर्दै १ सय १ बलमा १ सय १६ रन बनाएका थिए। गुल्शन झाको ४८ औँ ओभरमा उनको विकेट लिएका थिए।
कप्तान उदय सहारानले १ सय ७ बलमा एक सय रनमा आउट भएका थिए। भारतका ओपनर आदर्श सिंहले १८ बलमा २१ रन बनाएका थिए। आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रन मात्र बनाएर आउट भएका थिए।
नेपालका गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले १ विकेट लिए।
माघ १९, २०८० शुक्रबार १८:११:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।