आईसीसी यू१९ विश्वकप : भारतविरुद्ध नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन

आईसीसी यू१९ विश्वकप : भारतविरुद्ध नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन

काठमाडौं : आईसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेको छ।

भारतका कप्तान उदय सहरानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

कप्तान देव खनालले टोलीमा ३ परिवर्तन गरेका छन्।

ओपनर बिपिन रावल, ब्याटर आकाश त्रिपाठी र अलराउण्डर दिपक बोहराको स्थानमा आज ओपनिङ्ग ब्याटर दीपक बोहोरा, उत्तम थापा मगर र दिपक डुम्रे टोलीमा फर्किएका छन्।

भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ। यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ।

नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो। त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो।

भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुवै खेलमा जित हात पार्न सफल भएको छ। नेपालले सन् २००० मा ८ विकेटले र २०१६ मा ७ विकेटले हार बेहोरेको थियो।

माघ १९, २०८० शुक्रबार १३:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।