तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदी तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ छ।
तेजाबी सुन तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।
माघ १९, २०८० शुक्रबार ११:५८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।