पश्चिमी वायुको प्रभावका कारण आज पनि वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशको पहाडी भू-भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । 

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। यसैको प्रभावस्वरूप बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो। काठमाडौं र आसपासका केही जिल्लाका साथै तराई-मधेशमा समेत हल्का पानी परेको थियो।

माघ १९, २०८० शुक्रबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।