प्रधानमन्त्री कपको फाइनल हेर्न टिकट काट्नुपर्ने, क्यानले तोक्यो टिकट मूल्य
काठमाडौं : लिग चरणका खेलमा निःशुल्क प्रवेश दिएको नेपाल क्रिकेट संघ(क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भने प्रवेश शुल्क लिने भएको छ।
शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानले दिएको जानकारी अनुसार अनलाइनबाट टिकट काट्नेलाई ५० रुपैयाँ र मैदानमै टिकट काट्नेलाई १ सय रुपैयाँ लाग्नेछ।
टिकट आइएमई पेमार्फत काट्न सकिनेछ।
शनिबार लिग चरणको खेलबाट तालिकाको शीर्ष दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कपको फाइनल हुँदैछ।
पुलिस प्रधानमन्त्री कपमा अपराजित रहँदै ९ खेलबाट १८ अंक जोड्दा आर्मीले ९ खेलमा सातमा जितसहित १४ अंक बटुलेको छ।
प्रतियोगिताको शीर्ष चारमा रहेका पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले आगामी अप्रिलमा हुने इलाइट ट्रफी खेल्नेछन्, जुन डे फरम्याटमा हुनेछ।
माघ १९, २०८० शुक्रबार ०८:०७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।