अरुण चौधरीलाई चोर, फटाहा जसरी पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ती

अरुण चौधरीलाई चोर, फटाहा जसरी पक्राउ गरेको  भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ती

काठमाडौँ : व्यवसायी अरुण चौधरी पक्राउबा रे नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको छ।बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले चौधरी ग्रुपका सदस्य समेत रहेका चौधरीलाई पक्राउ गरेपछि नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गर्दै चोर, फटाहा जसरी पक्राउ गरेको भन्दै आपत्ती जनाए।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले चौधरीलाई चोर फटाहा जसरी पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन्।

उनले भने, 'देशको प्रतिष्ठित व्यवसायीलाई विना सूचना, विना जानकारी पक्राउ गरेको छ। त्यसमाथि मिडियामा एउटा चोर, फटाहालाई जसरी पक्राउ गरेको जस्तो समाचार आइरहेको छ। उनी देशको प्रतिष्ठित व्यवसायी भएकोले बोलाउन सकिन्थ्यो। कसुर प्रमाणित भएमा पक्रन कसले रोकेको छ र? यहाँ त सिंगो व्यावसायिक संस्थाहरूकै मनोबल गिराउने उद्देश्यले सिधै पक्रन जाने अवस्था बन्यो। यसरी त निजी क्षेत्रको मनोबल कसरी बढ्छ?'

त्यस्तै, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाका अध्यक्ष गणेश कार्कीले सरकारको उक्त कदमले वैशाखमा हुन लागेको लगानी सम्मेलन बिथोलिने बताए।

उनले भने, ‘वैशाखमा सरकारले लगानी सम्मेलन गर्न लागेको छ। यसरी व्यवसायीलाई पक्राउ गर्दा सम्मेलन बिग्रन सक्छ। त्यसैले सरकारले छिटो भन्दा छिटो यो केसलाई सल्टाउनु पर्छ।’

नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तीमार्फत चौधरीलाई पक्राउ गरिकोप्रति ध्यानाकर्षण भएको जनाउँदै पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको' उल्लेख गरेको छ। 

चौधरी सहित तीन जना बाँसबारीमा रहेको छाला, जुत्ता कारखानाको १० रोपनी जग्गा बदनियतपूर्ण रुपमा हडपेर ब्यक्तीगत बनाएको आरोपमा पक्राउ परेका हुन्। सिआईबीले चौधरीसहित, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको छ।

उनीहरूलाई न्यायिक हिरासतमा राख्न ब्यूरोले आजै काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद पाएको छ। अदालतबाट म्याद आएपछि उद्ध्योग बाणिज्य सम्बन्धी संस्थाहरुले ‌‌औपचारिक धारणा सार्वजनिक गरेका हुन्।

माघ १८, २०८० बिहीबार १९:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।