नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु, अर्थमन्त्रीले भने'प्रदर्शनीस्थल बनाउन सरकार तयार छ'

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु, अर्थमन्त्रीले भने'प्रदर्शनीस्थल बनाउन सरकार तयार छ'

काठमाडौँ : अर्थमन्त्री  डा. प्रकाशशरण महतले मेला र प्रदर्शनीको लागि उपयुक्त प्रदर्शनीस्थल बनाउन सरकार गम्भीर रहेको बताएका छन्।

नवौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को उद्घाटन कार्यक्रममा उनले उपलब्धिमूलक प्रदर्शनीहरूलाई सरकारले सधैँ सहयोग गर्ने बताए।

‘सरकारले मेला, प्रदर्शनीहरूलाई सधैँ सहयोग गर्छ। यसको आयोजना निजी क्षेत्रका सङ्घ संस्थाले आफ्नै प्रयासबाट गरिरहनु भएको छ। उपयुक्त प्रदर्शनीस्थल भएन भन्ने कुरा आएको छ। त्यतातर्फ सरकारको ध्यान गएको छ’ उनले भने।

उनले लगानी, उपभोग र विकल्प सबै हिसाबले यस्तो प्रदर्शनीहरू महत्त्वपूर्ण भएको बताउँदै यसले देशमा लगानीको अवसर सिर्जना गर्ने बताए।

‘विदेशी कम्पनीहरू जसले यहाँ निर्यात गर्छन्, त्यसको ठाउँमा यही नै कारखाना लगाउने भन्ने पाटोतर्फ पनि प्रेरित गर्न यो प्रदर्शनीले सहयोग गर्छ' उनले भने'यही कारखाना स्थापना गर्ने हो भने आयात गर्न लाग्ने खर्च कम हुन्छ। लगानी, उपभोग र विकल्पको दृष्टिकोणबाट सबै हिसाबले यस्तो प्रदर्शनीहरू हुनुपर्छ।'

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौँ संस्करणमा विभिन्न देशका ३ सय भन्दा बढी खातीप्राप्त ब्रान्डहरू का १ सय ५० भन्दा बढी स्टल रहेका छन्। निर्माण सम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउने प्रदर्शनी प्रभावकारी देखिएको छ।

माघ १८, २०८० बिहीबार १६:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।