ब्रह्मानन्दमको जन्मदिन पारेर ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा
काठमाडौं : भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ। अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट रहेको फिल्ममा ढुंगानासँगै उनका श्रीमान् हरिहर अधिकारी मुख्य भूमिकामा देखिँदैछन्।
फिल्ममा भारतीय कलाकारहरू ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय छ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको भारतका विभिन्न शहरमा हुने छायांकन सकिएको छ भने अहिले नेपालमा छायांकन भइरहेको छ।
सिनेमालाई नेपाल तथा भारतका मुख्य भाषाहरूमा रिलिज गरिने बताइएको छ। भारतमा भने सिनेमा ओटीटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ।
माघ १८, २०८० बिहीबार १०:५४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।