ओरालो लाग्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार
काठमाडौँ : गत आइतबारबाट उकालो लागेको नेप्से बुधबार घटेको छ।
बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २ हजार ९७ दशमलव ९३ विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६१ विन्दुमा पुगेको थियो।
बुधबारको कारोबार पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकममा सामान्य गिरावट आएको छ।
मंगलबार ५ अर्ब ५४ करोड ४२ लाख बढीको कारोबार भएकोमा बुधबार भने ५ अर्ब २९ करोड ५६ लाख बढीको कारोबार भएको हो।
कारोबारमा आएको २ सय ४७ कम्पनीहरूमध्ये २९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
त्यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ। बुधबार कारोबारमा आएको कम्पनीमध्ये सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ९ दशमलव ८७ प्रतिशतले बढेको छ।
बढ्ने कम्पनीहरूमा मन्दाकिनी हाइड्रोपावरको ९.६७ प्रतिशत, पिपुल्स पावर कम्पनीको सेयर मूल्य ७ दशमलव ६७ प्रतिशतले बढेको छ।
बुधबारको कारोबारमा ५ कम्पनीमध्ये ५ वटै कम्पनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ।
यस दिन मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। उक्त कम्पनीको सेयर मूल्यमा ५ दशमलव ८७ प्रतिशतले गिरावट आएको हो।
त्यस्तै, स्वाभिमान लघुवित्तको ५ दशमलव ७८ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा बढी हिमालयन रि-इन्स्योरेन्सको भएको छ। आज उक्त कम्पनीको कारोबार ६३ करोड ८७ लाख रहेको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
माघ १७, २०८० बुधबार १७:००:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।