पारस र हिमानी पुत्री पूर्णिकालाई गणतन्त्र फाप्यो
काठमाडौँ : पारस र हिमानी पुत्री पूर्णिका शाह सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन्। राजतन्त्र भएको भए त राजपरिवारका सदस्यका कस्ता तस्बिर सार्वजनिक गर्ने अनि कस्तो नगर्ने भन्ने केही नियम हुन्थ्यो होला।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरूले अहिले उनका लागि परिवारका सदस्यले के गर्न हुन्छ अनि के गर्न हुन्न भन्ने त्यस्तो कुनै रोकटोक नलगाई सामान्य परिवारको सदस्य जस्तै स्वतन्त्र छाडेको देखिन्छ। राजतन्त्र नहुँदाको व्यक्तिगत स्वतन्त्रता मज्जाले उपयोग गरिरहेकी छिन् उनले सञ्जालमा।
सञ्जालमा उनले पोस्ट गर्ने अधिकांश तस्बिरहरू बाबु पारस शाहसँग देखिन्छिन्। आमा हिमानीसँगको तस्बिर हुँदै नभएको हैन, तर संख्यात्मकरुपमा भने बाबु पारससँगको तस्बिर धेरै छन्। यसले उनी बाबु पारससँग अलि बढी निकट भएको देखाउँछ।
भाइ ह्दयन्द्र शाह र बहिनीसँगको तस्बिरहरू पनि राखिरहेकी हुन्छिन्। उनी।
माघ १७, २०८० बुधबार १६:०७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।