इमरान खान र उनकी श्रीमतीलाई भ्रष्टाचारको आरोपमा १४ वर्षको जेल सजाय

इमरान खान र उनकी श्रीमतीलाई भ्रष्टाचारको आरोपमा १४ वर्षको जेल सजाय

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ। पूर्वप्रधानमन्त्री खानलाई मंगलबार साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

२०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीको रुपमा अपदस्थ गरेका खान भ्रष्टाचारको आरोपमा दोषी ठहरपछि तीन वर्षको जेल सजाय काटिरहेका छन्।

यता, बुशुरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन्।

खानले आफू विरुद्ध भएको कैयौँ मुद्दा राजनीतिक रुपमा प्रेरित भएको बताएका छन्।

उनका यी सजायहरू ८ फेब्रुअरीमा हुने पाकिस्तानको चुनावको एक हप्ता अघि आएका छन्। उनलाई उम्मेदवार हुन् प्रतिबन्ध लगाइएको छ। त्यस्तै उनको पार्टी, पाकिस्तान तहरीक ए इन्साफ पीटीआईले प्रचार प्रसार प्रतिबन्धको सामना गरिरहेको छ।

१४ वर्षको जेल सजायसँगै उनीहरूलाई ५.३ मिलियन जरिवाना तिर्न समेत आदेश दिइएको छ।

१७ माघ, २०८०, १४:५३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।