साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन

साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन

काठमाडौं : साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

साझाले आज एक विज्ञप्ति जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको छ।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

माघ १७, २०८० बुधबार १३:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।