श्रीदेवीलाई फकाउन फूल वर्षा गरेका थिए अमिताभले

श्रीदेवीलाई फकाउन फूल वर्षा गरेका थिए अमिताभले

एजेन्सी : सन् ८० को दशकतिर अभिनेता अमिताभ बच्चन र दिवंगत अभिनेत्री श्रीदेवीको जोडीलाई लिएर फिल्म बनाउने मेकरहरूको ताँती हुने गर्थ्यो।

त्यो समयमा अन्य कलाकार आफ्नो करियरलाई अगाडि बढाउनका लागि अमिताभका साथ स्क्रिन सेयर गर्न चाहन्थे।

यद्यपि श्रीदेवी चाहिँ अमिताभका साथ सहायक चरित्र निभाउन चाहान्न थिइन्। उनी महिला केन्द्रीत फिल्मको हिस्सा हुन चाहन्थिइन्। सन् १९९२ मा रिलिज फिल्म ‘खुदा गवाह’का लागि श्रीदेवीलाई फकाउन अमिताभले निकै पापड बेल्नु परेको थियो।

सत्यार्थ नायकले लेखेको ‘श्रीदेवीः द इटरनल स्क्रीन गडेस’ पुस्तकमा दिवंगत कोरियोग्राफर सरोज खानले श्रीदेवी र अमिताभको किस्साको बारेमा खुलासा गरेकी थिइन्।

सरोज एक गीतमाथि काम गरिरहेकी थिइन्, त्यही बेला श्रीदेवीमाथि अमिताभले फूलको वर्षा गराएका थिए। ‘जब ट्रक आयो, हामी एक गीत खिचिरहेका थियौं। उनले श्रीदेवीलाई ट्रकको अगाडि उभ्याए र पूरा क्यारियर झुकाएर उनीमाथि गुलाबको फूल वर्षाए।

यो निकै भिजुअल थियो’, सरोजले पुस्तकमा भनेकी छन्। अमिताभको यो शैलीले श्रीदेवीलाई निकै प्रभावित बनायो। तर उनी अझै पनि आश्वस्त थिइनन् तर पनि उनले एक शर्त राखिन् कि उनी अमिताभका साथ एक फिल्ममा अभिनय गर्नेछिन्, जहाँ उनी अमिताभको पत्नी र छोरी दुवैको भूमिका निभाउनेछिन्।

फिल्म निर्माता मनोज देसाई र मुकुल आनन्दले उनको अगाडि हार माने । यसरी दुवै स्टार ‘खुदा गवाह’मा एकसाथ अभिनय गरे। जुन फिल्म सुपरहिट भएको थियो।

‘खुदा गवाह’ अघि रमेश सिप्पीले आफ्नो फिल्म ‘राम की सीता श्याम की गीता’ मा श्रीदेवी र अमिताभलाई साइन गराएका थिए। फिल्ममा दुवैको दोहोरो भूमिका थियो। यहाँसम्म कि चार्टबस्टर गीत ‘जुम्मा चुम्मा’ लाई यो फिल्ममा राखिएको थियो।

‘यो सिक्वेन्समा अमिताभ एक प्रहरी बनेका थिए र उनले एक पाकेटमार युवती अर्थात श्रीदेवीलाई रंगेहात पक्रेका थिए।

त्यसपछि श्रीदेवीले अमिताभलाई ‘के म तपाईंलाई घुस दिन सक्छु?’ भनी सोध्छन्, तर अमिताभ श्रीदेवीको चुम्बन चाहन्छन्’, सरोजले भनेकी छन्। तर यो फिल्म कहिल्यै फ्लोरमा गएन र पछि यो गीत सन् १९९१ मा रिलिज फिल्म ‘हम’मा अमिताभ र किमी काटकरलाई जुर्यो।

अमिताभ र श्रीदेवी पछिल्लो पटक सन् २०१२ मा रिलिज फिल्म ‘इङ्लिश विङ्लिश’मा देखिएका थिए। जहाँ श्रीदेवीले शीर्ष भूमिका निभाएकी थिइन्। अमिताभ भने विशेष भूमिकामा थिए।

माघ १७, २०८० बुधबार १२:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।