हिमांशु र अर्जुनको अर्धशतकमा एपीएफलाई कर्णालीले दियो २०७ रनको लक्ष्य

हिमांशु र अर्जुनको अर्धशतकमा एपीएफलाई कर्णालीले दियो २०७ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई २०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले ४४.१ ओभरमा अलआउट हुँदै २०६ रन बनायो।

उसका लागि हिमांशु शाही र अर्जुन घर्तीले क्रमशः ६२ र ५३ रनको अर्धशतकीय पारी खेले। दिपेन्द्र रावत २७, रविन्द्र शाही २२,  दिनेश अधिकारी १९, प्रकाश जैसी १० रन जोडे।

एपीएफका मौसम ढकालले तीन, अमर रौटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले समान एक-एक विकेट लिए।

दुवै टिमको लागि यो प्रतियोगिताको यो अन्तिम खेल हो। तालिका हेर्ने हो भने एपीएफ ८ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहँदा कर्णाली आठ खेलमा ६ अंकसहित सातौं स्थानमा छ।

राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताका शीर्ष दुई टोलीले शनिबार त्रिवि क्रिकेट मैदानमा फाइनल खेल्नेछन् भने शीर्ष चार टोलीले इलाइट कप खेल्नेछन्।

माघ १७, २०८० बुधबार १२:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।