अभिनयबाट ब्रेक लिँदै प्रभास, यस्तो छ कारण

अभिनयबाट ब्रेक लिँदै प्रभास, यस्तो छ कारण

काठमाडौं : सन् २०१७ मा ‘बाहुबली २’को सफलतापछि दक्षिण भारतीय फिल्ममा आफ्नो दबदबा कायम राखिरहेका अभिनेता प्रभासले केही समयका लागि अभिनयबाट ब्रेक लिँदैछन्।

‘बाहुबली २’को सफलतापछि प्रभासको सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार पार्ट १’ सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन्।

फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन्।

प्रभास ‘सालार’बाट प्राप्त प्रतिक्रियाबाट खुसी छन्। ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो। उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन् र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन्।

उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन्।

त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा छैनन्। उनी केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै छन्। उनी मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरू गर्ने मनस्थितिमा छन्। उनी आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा छन्।

उनलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रुपले ठीक हुन सकेको छैन।

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ। जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ।

यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन्।

माघ १७, २०८० बुधबार ११:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।