सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर भएको छ।

मंगलबारको तुलनामा सुनमा तोलाको एक सय रुपैयाँ वृद्धि हुँदा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको मूल्य १ लाख १८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य १ लाख १८ हजार १५० रुपैयाँ कायम हुँदा चाँदी भने तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

माघ १७, २०८० बुधबार १०:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।