पाकिस्तान : इमरान खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट, चार जनाको मृत्यु

पाकिस्तान : इमरान खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट, चार जनाको मृत्यु

एजेन्सी : जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीको चुनावी र्याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो।

सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन्।

घाइतेहरूलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिसकेको छ। 

पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानविन गर्न माग गरेको छ।

माघ १७, २०८० बुधबार १०:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।