टिभिएसको ‘दोस्रो एओजी नाइट राइड’ सम्पन्न

टिभिएसको ‘दोस्रो एओजी नाइट राइड’ सम्पन्न

काठमाडौं : नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सको आयोजनामा दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ।

गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सिन्धुपाल्चोकको सुकुटेसम्म भएको नाइट राइडको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका थिए।

२५ जना राइडरहरूको सहभागिता रहेको ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरू डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए।

माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो।

डा. दिपक कुमारले ओभरनाइट राइडका कारण आफूले नयाँ परिवार पाएको भन्दै खुसी व्यक्त गरेका थिए। आगामी दिनमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशासमेत राखेका छन्।

कार्यक्रमको दोस्रो दिन हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

माघ १७, २०८० बुधबार ०९:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।