कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट कार्ड, खातामा पैसा सकिए पनि दुई लाखसम्म प्रयोग गर्न सकिने

कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट कार्ड, खातामा पैसा सकिए पनि दुई लाखसम्म प्रयोग गर्न सकिने

काठमाडौं : कृषि विकास बैंकले ओभरड्राफ्ट कार्डको शुभारम्भ गरेको छ।

५७औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका हुन्।

उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइने बैंकले जनाएको छ।

बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि दुई लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्न पाइनुका साथै बैंकले उपलब्ध गराउने अन्य सबै सुविधासमेत पाइन्छ।

नयाँ सेवाको उपभोग गरी लाभान्वित हुन बैंकका सबै ग्राहकलाई आग्रह गरेको छ।

माघ १७, २०८० बुधबार ०९:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।