नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारको तेस्रो दिन पनि बढेर बन्द भएको छ। गत साताभरी ओरालो लागेको नेप्से परिसूचक यो साता भने उकालो लागेको छ।
मंगलबार नेप्से १४ दशमलव ८८ अंकले बढेर २ हजार १ सय १९ दशमलव ६१ विन्दुमा पुगेको छ।
अघिल्लो दिनको तुलनामा बजार ०.७० अंकले बढेको हो। सोमबार नेप्से परिसूचक १०.२६ प्रतिशतले बढेर २ हजार १ सय ४.७२ विन्दुमा कायम भएको थियो।
त्यस्तै, कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार सुधार भयो। सोमबार ४ अर्ब ५६ करोड बढीको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५४ करोड ४२ लाख बढीको कारोबार भएको छ।
कारोबारमा आएका २४७ कम्पनीहरू मध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्यो भने ८५ कम्पनीको सेयर मूल्य घटेको छ।
१० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज सबैभन्दा बढी चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य बढेको हो। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सक्रिट लागेको छ। मंगलबार मिडसोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्य ८ दशमलव ३५ प्रतिशतले गिरावट आएको हो।
गुराँस लघुवित्तको ५ दशमलव ४८ प्रतिशत, एनआइसी एसिया ब्यालेन्स फन्टको ३ दशमलव ९० प्रतिशतको सेयर मूल्यमा गिरावट आएको छ।
बढेको बजारमा बैंकिङ्ग, फाइनान्स, निर्जीवन बीमा र लघुवित्त समूह ओरालो लागेको छ।
माघ १६, २०८० मंगलबार १६:०९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।