भ्रष्टाचार हुने १८० देशमध्ये १०८ औँ स्थानमा नेपाल

भ्रष्टाचार हुने १८० देशमध्ये १०८ औँ स्थानमा नेपाल

काठमाडौं : नेपाल भ्रष्टाचार हुने १८० वटा देशहरूको सूचीमा १०८ औँ स्थानमा परेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औँ स्थानमा परेको हो।

२०२२ मा नेपाल ३४ अंकसहित १०० औँ स्थानमा थियो। सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ।

एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ। विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन्। यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ।

गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ। 

सार्वजनिक गरिएको सूचीमा नेपालले १०० पूर्णाङ्कमा ३५ अंक पाएको छ। अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो। 'गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ,' ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जारी विज्ञप्तिमा उल्लेख छ। 

दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र बनेको छ। ​​​​​​​ सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६ औँ), भारतले ३९ (९३ औँ) माल्दिभ्सले ३९ अंक (९३ औँ), श्रीलंकाले ३४ अंक (११५ औँ), पाकिस्तानले २९ अंक (१३३ औँ), बंगलादेशले २४ अंक (१४९ औँ) र अफगानिस्तानले २० अंक (१६२ औँ) प्राप्त गरेका छन्।

छिमेकी मुलुक चीनले ४२ अंक (७६ औँ) प्राप्त गरेको छ।

१६ माघ, २०८०, १३:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।