तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार सुनको मूल्य तीन सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य मंगलबार १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर तोलाको १ हजार ४२० रुपैयाँ पुगेको छ।

माघ १६, २०८० मंगलबार ११:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।