प्रधानमन्त्री कप : सुदूरपश्चिम ८७ रनमा अलआउट, डेब्यु खेलमै १५ वर्षीय चन्दनले लिए पाँच विकेट
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेश रनमा ८७ अलआउट भएको छ।
मुलपानी क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनायो।
उसका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको अविजित पारी खेल्दा किरण ढगुन्ना २४ रनमा आउट भए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सात ओभर बलिङ गरेका एपीएफका १५ वर्षीय चन्दन राम एक्लैले ५१ रन खर्चिएर पाँच विकेट लिए।
यो चन्दन रामको राष्ट्रिय प्रतियोगिताको डेब्यु खेल हो। उनी एपीएफको टिममा भए पनि आजसम्म मौका पाएका थिएनन्।
रोहित पौडेलले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए।
तालिकामा एपीएफ सात खेलमा ८ अंहसहित पाँचौं स्थानमा रहँदा सुदूरपश्चिम भने समान खेलमा समान अंकसहित छैटौं स्थानमा छ।
माघ १६, २०८० मंगलबार १०:४१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।