मकवानपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती घाइते

मकवानपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती घाइते

हेटौंडा : मकवानपुरको हेटौंडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

कान्तिलोकपथ सडक खण्डमा चौघडाबाट गढी जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना.२६प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मकवानपुरगढी गाउँपालिका-२ खोलाखेतका २५ वर्षीय हरि पनेरुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया अर्चना ढकाल घाइते भएकी छन्। अर्चनाको दुवै गोडा र टाउकोमा चोट लागेपछि उपचारको लागि हेटौंडा अस्पताल पठाइएको छ।

टिपर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीका ३३ वर्षीय राधाकृष्ण रेग्मीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

जनप्रतिनिधिको सहभागितामा पीडित पक्षसँग छलफलपछि शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाएको छ।

माघ १६, २०८० मंगलबार १०:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।