श्रीमतीको हत्या गरेको आरोपमा ६१ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा

श्रीमतीको हत्या गरेको आरोपमा ६१ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा

ईलाम : श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार विहान प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

माघ १६, २०८० मंगलबार ०९:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।