कोका-कोला नेपालको ५०औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं : कोका-कोलाले नेपालले ५०औं वार्षिकोत्सव मनाएको छ।
कम्पनीले एक विशेष कार्यक्रम गरी सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो। कोला-कोला सन् १९७३ मा नेपाल आएको थियो।
काठमाडौं र चितवनमा गरी नेपालमा कोका-कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना छन्। देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका-कोलाले एक हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ।
वार्षिकोत्सवको अवसरमा बोल्दै बोटलर्स नेपालका अध्यक्ष एनएन सिंहले पचास वर्षअघि नेपालमा अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती भएको बताए।
हालसम्म आइपुग्दा कोका-कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको भन्दै उनले सारा नेपालीलाई ताजापन महसुस गराउनु र समाजमा सकारात्मक प्रभाव पार्नु नै आफूहरूको उदेश्य रहेको स्पष्ट पारे।
५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोका-कोलाले ‘कोका-कोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता समेत सञ्चालन गर्दैछ।
जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत आकर्षक उपहारहरू जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘खल्ती’ एपमार्फत यस क्विजमा सहभागी हुन सकिनेछ।
माघ १६, २०८० मंगलबार ०९:१८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।