प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
विहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेश भिड्दा सोही समयमा मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्।
सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो।
प्रतियोगिता नेपाल पुलिस क्लब सात खेलमा सबै जित्दै १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा ८ खेलबाट ६ मा जित निकालेको आर्मी छ।
बागमती १२ अंकसहित तेस्रो स्थानमा रहँदा मधेश पनि १२ अंहसकित चौथो स्थानमा छ।
कोशी प्रदेश जितविहीन हुँदै तालिकाको पुच्छारमा हुँदा लुम्बिनी नवौं, गण्डकी आठौं र कर्णाली सातौं स्थानमा छ। आठ खेल खेलेको सुदूपश्चिम छैटौं स्थानमा छ।
प्रतियोगिता अन्तर्गत बुधबार र बिहीबार दुई खेल भएपछि शनिबार फाइनल छ। फाइनलमा अंकतालिकाका पहिलो र दोस्रो टोलीले प्रतिस्पर्धा गर्नेछ।
शीर्ष चार टोलीले इलाइट कप खेल्नेछन्।
माघ १६, २०८० मंगलबार ०८:०५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।