सशस्त्र प्रहरीले एक सय २१ किलो गाँजासहित समात्यो नेपाल प्रहरीको हवल्दार

सशस्त्र प्रहरीले एक सय २१ किलो गाँजासहित समात्यो नेपाल प्रहरीको हवल्दार

विराटनगर : एक सय २१ किलो गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले नेपाल प्रहरीको सहायक हवल्दारसहित चार कारबारीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १ सय २१ किलो गाँजा समेत बरामद गरेको छ। उनीहरूले सो गाँजा भारत लैजाने प्रयास गरेका थिए।प्रहरीका सहायक हवल्दार रवीन्द्र चौधरी, विराटनगर–१६ का २ राजकुमार मण्डल, उमेश राजवंशी र विराटनगर–१३ का रामअवतार साह पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक लाख ४५ हजार रुपैयाँ, एउटा मोटरसाइकल र एउटा भ्यान समेत बरामद गरेको छ। उनीहरूले विभिन्न स्थानबाट गाँजा ल्याएर संकलन गर्ने गरेको तथा भारततिर तस्करी गरी लैजाने गरेको अनुमान प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

माघ १५, २०८० सोमबार २०:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।