मोरङ्गका तत्कालीन इन्जिनियर जितेन्द्र भ्रष्टाचारी ठहर, २  करोड ४४ लाख असुल गर्ने फैसला

मोरङ्गका तत्कालीन इन्जिनियर जितेन्द्र भ्रष्टाचारी ठहर, २  करोड ४४ लाख असुल गर्ने फैसला

काठमाडौँ : डिभिजन सडक कार्यालय मोरङका तत्कालीन प्रमुख इन्जिनियर जितेन्द्र चौधरी भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गत पुस २९ मा फैसला गरी सोमबार सजाय निर्धारण गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वाभाविक रूपमा अकुत सम्पत्तिमा आर्जन गरेको भन्दै २०७६ साल फागुन ४ गते मुद्दा दायर गरेको थियो।

सरकारी सेवामा रहेका चौधरीले अस्वभाविकरूपमा घर जग्गा जोडेको, छोराछोरीको शैक्षिक खर्च गरेको तथा छोराछोरीका नाममा समेत बैङ्क मौज्दात देखिएको थियो।

सोही अनुरूप अदालतले  ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेका थियो। तर, विशेष अदालतले भने जरिबानासहित  २  करोड, ४४ लाख, ९३ हजार ७६५ रुपैयाँ असुल गर्ने फैसला गरेको हो।

चौधरीलाई ६ महिना कैद समेत हुने गरी फैसला भएको छ। जरिबानासहितको सम्पत्ति श्रीमती किरण चौधरी र छोरा अभिषेकका नाममा रहेको सम्पत्तिबाट असुल गर्ने आदेश भएको हो।

माघ १५, २०८० सोमबार १९:४१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।