अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक पक्राउ

काठमाडौं : अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटी पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो।

सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ।

माघ १५, २०८० सोमबार १६:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।