आजभोलि टीभीको अन्तर्वार्ता युट्युबमा हेर्छन्, नेपालमा पनि डिजिटल मिडिया आइसक्यो : रघुजी पन्त

आजभोलि टीभीको अन्तर्वार्ता युट्युबमा हेर्छन्, नेपालमा पनि डिजिटल मिडिया आइसक्यो : रघुजी पन्त

काठमाडौं : एमालेका सांसद रघुजी पन्तले सार्वजनिक सेवा प्रशारण विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

आज सार्वजनिक प्रसारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘रेडियो र टीभीको युगबाट हामी अघि बढ्नुपर्छ, आजभोलि टीभीको अन्तर्वार्ता युट्युबमा हेर्छन्। अहिले टीभी, रेडियो, पत्रिकाभन्दा डिजिटल मिडिया हेर्छन्,’ उनले भने, ‘यो विधेयक चार वर्षअघि आएको हो, यो विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन गरेन। विश्वसँगै नेपालमा पनि डिजिटल मिडिया आइसक्यो।’

उनले आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउन आग्रह गरे।

‘टीभी युट्युबमा हेरिन्छ। प्रिन्ट अनलाइनमा पढिन्छ। त्यसैले यसलाई रिस्टकचर गरौँ। आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउ,’ उनले भने।

माघ १५, २०८० सोमबार १५:१३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।