२०२४ को भिजा एक्सेलेरेटर कार्यक्रममा नेपालमा फिनटेकहरूबाट आवेदन खुला, यसरी दिन सकिन्छ आवेदन

२०२४ को भिजा एक्सेलेरेटर कार्यक्रममा नेपालमा फिनटेकहरूबाट आवेदन खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं : भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाकासँगै आवेदन खुला गरिएको छ।

भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्न गर्न सक्षम बनाउने उद्देश्यले आवेदन खोलिएको हो।

२०२४ सँस्करणले नयाँ अवसर क्षेत्रहरू अन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित रहने छन्।

विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विशेष रूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धि तथा अवधारणाको प्रमाण, उत्पादन समाधानहरू र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइने बताइएको छ।

एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले कार्यक्रम मार्फत भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ। तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्तिसँगै भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन्।

कार्यक्रमको यस सँस्करणको लागि आवेदनहरू जनवरी ८, २०२४ मा खोलिएको र मार्च ८, २०२४ मा बन्द हुनेछ।

छानिएका स्टार्टअपहरू मे देखि नोभेम्बर २०२४ सम्म संचालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन्।

आवेदन पेस गर्न इच्छुक स्टार्टअपहरूले  www.visa.com.sg/apaccelerator
मार्फत आवेदन पेस गर्न सक्नेछन्।

माघ १५, २०८० सोमबार १३:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।