क्याफेको कोठामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

क्याफेको कोठामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा : १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाल रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति बलात्कार गरेको भन्ने उजुरी परेको थियो।

उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

माघ १५, २०८० सोमबार १३:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।