प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई आर्मीको २६३ रनको लक्ष्य, गण्डकी १७० मा अलआउट

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई आर्मीको २६३ रनको लक्ष्य, गण्डकी १७० मा अलआउट

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमा २६३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा अलआउट हुँदै २६२ बनाएको थियो।

उसका लागि कुशल मल्लले १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७५ रनको पारी खेल्दा बसीर अहमद ३६, सन्दीप रजाली ३७, सोमपाल कामी ३१, सन्तोष कार्की ३० र साहब आलम २१ रन बनाएर आउट भए।

सुदूरपश्चिमका भोजराज भट्टले ६ विकेट लिँदा नरेन साउदले तीन तथा विकास अग्रीले १ विकेट लिए।

उता मुलपानीमा चिसो आउटफिल्डका कारण ४५ ओभरमा झारिएको खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई १७१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकीले ३८.३ ओभरमा अलआउट हुँदै १७० रन बनायो।

उसका लागि चन्द्र पौडेलले ५० रनको अर्धशतकीय पारी खेल्दा कमल परियार ३०, कृष अयेर १०, करण पंगेनी ३०, समीर कँडेल २९ रन बनाएर आउट भए।

पुलिसका रसिद खानले पाँच, ललित राजवंशी र करण केसीले समान दुई–दुई विकेट लिँदा कप्तान दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

माघ १५, २०८० सोमबार १३:१९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।