१५ वर्षीय बालिकालाई क्याफेको कोठामा लगेर बलात्कार गर्ने एक पक्राउ

१५ वर्षीय बालिकालाई क्याफेको कोठामा लगेर बलात्कार गर्ने एक पक्राउ

काठमाडौं : झापामा १५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको जनाइएको छ।

उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२, चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ।

माघ १५, २०८० सोमबार १२:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।