सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।
सोमबार सुनको मूल्य तीन सय रुपैयाँले बढ्दा चाँदीमा पाँच रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य भने सोमबार १ हजार ४०५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ थियो।
माघ १५, २०८० सोमबार १०:५०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।