एएफसी एसियन कप : अस्ट्रेलिया र ताजकिस्तान क्वार्टरफाइनलमा
काठमाडौं : अस्ट्रेलिया र ताजकिस्तान एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार साँझ भएको राउन्ड अफ १६ को खेलमा इण्डोनेसियालाई ४-० ले हराउँदै अष्ट्रेलिया क्वार्टरफाइनलमा पुगेको हो।
खेलको ११औं मिनेटमा इण्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलको मद्दतले शुरुवाती अग्रता लिएको थियो।
त्यसपछि खेलको ४५औं मिनेटमा मार्टिन बोएल, ८९औं मिनेटमा क्रेग गुडविनले र इन्ज्युरी समयको पहिलो मिनेटमा ह्यारी सुट्टारले गोल गर्दै अस्ट्रेलियालाई जित दिलाए।
२०१५ को विजेता अष्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ।
यस्तै अर्को खेलमा ताजिकिस्तानले युएईलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गरेको हो। निर्धारित समय र थपिएको समयमा दुवै तर्फबाट १-१ गोल मात्र भएपछि खेल पेनाल्टी सुटआउट भएको थियो।
क्वार्टरफाइनलमा ताजिकिस्तानले इराक र जोर्डनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
सोमबार राउन्ड अफ १६ अन्तर्गत इराक र जोर्डन तथा प्यालेष्टाइन र कतारबीच प्रतिस्पर्धा हुँदैछ।
माघ १५, २०८० सोमबार ०९:४१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।