रणबीर र आलियाले पाए ‘६९औं फिल्मफेयर अवार्ड’

एजेन्सी : ६९औं फिल्मफेयर अवार्ड बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भटले पाएका छन्।
आइतबार भारतको गुजरातमा भएको अवार्ड समारोहमा उनीहरूलाई सर्वोत्कृष्ट अभिनेता र अभिनेतृको अवार्ड दिइएको हो।
आलियालाई फिल्म ‘रकी और रानी की प्रेम कहानी’ र रणबीरलाई फिल्म ‘एनिमल’का लागि अवार्ड दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
‘टुवेल्थ फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाउँदा फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए।
फिल्म ‘डन्की’बाट विक्की कौशलले सर्वोत्कृष्ट सपोर्टिङ रोलको अवार्ड पाउँदा फिल्म ‘रकी और रानी की प्रेम कहानी’बाट शबाना आजमीले सर्वोत्कृष्ट सपोर्टिङ रोलको अवार्ड पाए।
माघ १५, २०८० सोमबार ०९:२५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।