लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता

लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौं : लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच ४ अर्ब २ करोडको लागतमा कास्कीस्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो।

साथै कम्पनीले असोज १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको प्रतिठित व्यापारिक घराना केसी समूह रहेको छ।

परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिबद्धता ३ अर्ब २ करोड रहेको छ।

२० मेगावाट क्षमताको सो आयोजना निर्माणपछि वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

माघ १५, २०८० सोमबार ०८:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।