नगरकोटमा अग्नि मोटोइंकको ‘डिलर मिट २०२४’ सम्पन्न
नगरकोट : अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ आफ्नो डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सफलतापूर्वक आयोजना गरेको छ।
वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो। यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो।
बजारमा महिन्द्रा पावरोलका ५ केभिए देखि ६२५ कभिएसम्मका २८ थरिका मोडलहरू उपलब्ध छन्। बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरूमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरूले सहभागिता जनाएका थिए।
उनीहरूले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरूले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ–आफ्ना कुराहरू राखेका थिए।
माघ १५, २०८० सोमबार ०८:३६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।