चार प्रदेशमा हिमपातको सम्भावना

चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १५, २०८० सोमबार ०७:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।