लिङ्देनलाई रेखाको काउन्टर जवाफ– ‘देशको माया हुनेले आफ्ना सन्तान अमेरिकामा किन राखेको?’

लिङ्देनलाई रेखाको काउन्टर जवाफ– ‘देशको माया हुनेले आफ्ना सन्तान अमेरिकामा किन राखेको?’

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री रेखा थापालाई आफ्नो सन्तानलाई जन्म दिन अमेरिका गएको भनेपछि रेखा आक्रोशित बनेकी छिन्।

अध्यक्ष लिङ्देनसहित नेता रविन्द्र मिश्र लगायतले सार्वजनिक कार्यक्रममै बाट आफूमाथि कटाक्ष भएपछि आक्रोशित रेखाले ती नेताहरूलाई आफ्ना सन्तान नेपाल फर्काउन चुनौती दिएकी छिन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो। अमेरिकामा किन राखेको?’

राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री थापा अहिले अमेरिकामा छिन्। पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन्। अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो।

यसैबीच, शनिबार एक कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए।

त्यस्तै, राप्रपाकै नेता रवीन्द्र मिश्रले पनि रेखालाई इंगित गर्दै मौका पायो भने कसैले छोड्दैन भनेका थिए।

माघ १४, २०८० आइतबार १३:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।