दूरसञ्चार प्राधिकरणले माग्यो अध्यक्षका लागि आवेदन

दूरसञ्चार प्राधिकरणले माग्यो अध्यक्षका लागि आवेदन

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।

सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ। सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।

एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ।

माघ १४, २०८० आइतबार ०९:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।