आइएमई लाइफ इन्स्योरेन्सको नाफा २३ करोड माथि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा २३ करोड माथि

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २३ करोड माथि नाफा गरेको छ।

कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यस् अवधिमा २३ करोड ४७ लाख २५ हजार रूपैयाँ खुद नाफा गरेको बताएको हो।

गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो।

गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो भने यस् वर्ष १ अर्ब ९९ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रूपैयाँ रहेको छ।

माघ १४, २०८० आइतबार ०८:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।